Saturday 20th of July 2024

जनकपुरमा एम्बुलेन्सको ठक्करबाट साईकलयात्रीकोे मृत्यु

0 Shares

जनकपुर– धनुषाको जनकपुरमा एम्बुलेन्सको ठक्करबाट एक जना साईकलयात्रीकोे मृत्यु भएको छ ।

मृत्यु हुनेमा जनकपुर उपमहानगरपालिका वडा नं. २३ का २४ वर्षीय बसन्त कुमार झा रहेको प्रहरीले जनाएको छ । ज १ च ७७७ नम्बरको एम्बुलेन्सको ठक्करबाट साईकलयात्री झाको मृत्यु भएको हो ।

घाईते झाको जनकपुरस्थित एक अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कर्यालय धनुषाले जनाएको छ । प्रहरीले ठक्कर दिने एम्बुलेन्स चालकलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही अगाडी बढाएको छ ।

प्रतिक्रिया