नागेन्द्र साह,धनवीर महतो
महोत्तरी ।
महोत्तरीको गौशालामा एक समारोहकाबीच अनाथ वालआश्रमको शिलान्यास गरिएको छ । सोमवार एक समारोहकाबीच गौशाला नगरपालिका २ मा रहेको निगौल ठाकुर पोखरीको डिलमा सो भवनको शिलान्यास गरिएको हो ।
गौशाला नगरपालिकाका प्रमुख डा. दिपेन्द्र महतो र सन्त कविर वालआश्रम जनकपुरका संचालक सत्यनारायण आलोकले संयुक्त रुपमा सो भवनको शिलान्यास गरिएको हो ।
३ करोडको लागतमा निर्माण हुने सो भवन सुविधा सम्पन्न रहने जसपाका नेता एवम् समाजसेवी लक्ष्मी महतोले जानकारी दिएका छन् । संघिय सरकार, प्रदेश सरकार, स्थानिय सरकार लगायत विभिन्न दातृ निकाय एवम् समाजसेवीवाट प्राप्त आर्थिक सहयोगमा सो भवन निर्माण हुने सो भवनको निर्माण कार्य तीन बर्षको अवधिमा हुने नेता महतोले बताए । यस भवनमा समाजमा अनाथ रुपमा रहेका वालवालिकालाई हरतवरले पालनपोषण एवम् रेखदेख तथा संरक्षण गरिने नेता महतोले बताए ।
गौशालाको निगौल ठाकुर पोखरीलाई सौन्र्यीकरण गरिनुको साथै सो स्थानमा वृद्धाआश्रम, धर्मशालाको समेत निर्माण गरिने महतोले योजना सुनाएका छन् । सो निर्माणाधीन भवनको हर तवरले सहयोग एवम् संरक्षण गरिने कार्यक्रमकाबीच नेता समाजसेवी महतोले स्वघोषणा गरेका हुन् ।
विश्व कवीर दिवस मनाईयो ।।
महोत्तरीको गौशालामा विश्व कवीर दिवस मनाईएको छ । गौशाला नगरपालिका २ स्थित निगौल ठाकुर पोखरीमा कवीर अनुयायी सन्त सत्यनारायण आलोकको विशिष्ट आतिथ्यमा दिवस मनाईएको हो ।
कार्यक्रमका साधुसन्तलाई भोजन गराईएको थियो । भारतको वराणासीस्थित काशीमा कवीरको उत्पति भएकोले सो स्थानलाई गौशालालाई प्रत्यक्ष रुपमा जोडिने जनता समाजवादी पार्टीका नेता लक्ष्मी महतोले बताएका छन् । जसका लागि निकट केही दिनमै गौशालादेखि कवीर उत्पतिस्थल काशीसम्म बस सेवा संचालन हुने कार्यक्रमकाबीच नेता महतोले जानकारी गराएका हुन् ।