Thursday 18th of April 2024

सर्लाहीमा पैदलयात्रीलाई जोगाउन खोज्दा मोटरसाइकल दुर्घटना

0 Shares

हरिपुर – सर्लाहीको हरिपुर नगरपालिका–६ स्थित लक्ष्मीपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाईते भएका छन् ।

बिहिवार साँझ नवलपुर–मलंगवा सडकमा मलंगवातर्फ गइरहेको ज १ प ६७७७ नम्वरको मोटरसाइकल पैदल यात्रीलाई जोगाउन खोज्दा अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक मलंगवा नगरपालिका–३ का ५० वर्षीय अमानुला मिकरानी र पैदलयात्री भारत घर भएका २२ वर्षीय नयर आलम घाईते भएका हुन् ।

घाईतेमध्ये टाउको, छाती र दाहिने हातमा चोट लागेर गम्भीर अवस्थामा भएका मोटरसाइकल चालक मिकरानीलाई थप उपचारका लागि वीरगन्जतर्फ लगिएको छ । सामान्य घाईते पैदलयात्री आलमको भने हरिवनमा उपचार चलिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया