0
Shares
हरिवन– सर्लाहीको हरिवनमा एक जना किसानको गोठमा शनिवार (आज) बिहानपख आगलागी हुँदा १४ वटा खसी बाख्रा र एउटा पाडी जलेर मरेका छन् ।
हरिवन नगरपालिका वडा नं. ९ बस्ने रमेश उप्रेतीको गोठमा आगलागी भएको हो । शनिवार (आज) बिहान पौने ३ बजेतिर सुरु भएको आगलागी स्थानीयवासी, प्रहरी र हरिवन नगरपालिकाबाट गएको दमकलको सहयोगमा करिव आधा घण्टापछि निभाइएको ईलाका प्रहरी कार्यालय हरिवनले जानकारी दिए ।
आगलागीमा परेर गोठ समेत पूर्णरुपमा जलेको छ । पीडित परिवारले आगलागीबाट गोठ, १४ वटा खसी बाख्रा, एउटा भैँसीको पाडी जल्दा दुई लाख ८० हजार बराबरको क्षति भएको बताएका छन् । आगलागीको कारण खुल्न सकेको छैन् ।