
गौशाला– नेपाल पत्रकार महासंघको आसन्न चैत २५ गते हुने निर्वाचनमा महोत्तरीमा दुई प्यानलबीच भीडन्त हुने भएको छ ।
नेपाल पत्रकार महासंघ महोत्तरी शाखाको कार्यसमितिका लागि कमलेश मण्डल र महेशकुमार दासको प्यानलबीच प्रतिस्पर्धा हुने भएको हो ।
कमलेश मण्डल अध्यक्ष रहेको प्यानलबाट उपाध्यक्षमा सुनिता (हेम कुमारी) बराल र सुनिता कुमारी रहेका छन् । मण्डलकै प्यानलबाट सचिवमा राजकरण महतो, कोषाध्यक्षमा अजय कुमार सिंह, सहसचिवमा रामनारायण महतो र संजित कुमार मण्डलले मनोयन दर्ता गराएका छन् ।
यस्तै महेश कुमार दास अध्यक्ष रहेको प्यानलबाट उपाध्यक्षमा विक्रमप्रसाद रौनियार र दिपिका कुमारी साहले उम्मेदवारी दिएका छन् । उनकै प्यानलबाट सचिवमा रञ्जन भण्डारी, कोषाध्यक्षमा विवेकानन्द झा, सहसचिवमा उपासना तिवारी र राजीव रायले उम्मेदवारी दिएका हुन् ।
महोत्तरीमा एक अध्यक्ष, दुई उपाध्यक्ष, एक कोषाध्यक्ष, एक सचिव, दुई सहसचिव, जिल्ला सदस्य, प्रदेश पार्षद र केन्द्रिय पार्षद गरी २१ पदका लागि ३२ जनाले मनोयन दर्ता गराएको नेपाल पत्रकार महासंघ महोत्तरी शाखाको निर्वाचन समितिले जनाएको छ ।
प्रतिक्रिया