
जनकपुरधाम – मुख्यमन्त्री लालबाबु राउतले कोभिड–१९ को संक्रमण पैmलिन नदिनको लागि आवश्यक तयारी अगाडी बढाउन सरोकारबालाहरुलाई निर्देशन दिनुभएको छ ।
कोभिड–१९ उपचार, रोकथाम तथा नियन्त्रणबारे आज जनकपुरमा बसेको प्रदेशस्तरीय बैठकमा उहाँले यस्तो निर्देशन दिनुभएको हो ।
तत्कालै आत्तिनुपर्ने अवस्था नरहेपनि उच्च सतर्कतमा बस्न उहाँले सरोकारबालाहरुलाई निर्देशन दिनुभयो । छिमेकी राष्ट्र भारतमा तीव्र गतिमा कोभिड–१९ संक्रमितको संख्या बढिरहेकोले यसको चपेटामा आउने जोखिम बढेको उहाँले थप्नुभयो ।
सीमानाकामा आवश्यक सतर्कता अपनाउन उहाँले सुरक्षानिकायका प्रमुखहरुलाई निर्देशन दिनुभयो ।
अघिल्लो पटक पर्सा, सप्तरी लगायतको जिल्लाहरुमा नयाँ संक्रमित फेला परेको छ । विगतमा भएको त्रुटीहरु सुधार गर्दै थप प्रभावकारी तरिकाले तयारी अगाडी बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
उहाँले जनकपुरको मणिपालमा सय शैय्याको कोभिड अस्पताल खडा गर्नको लागि आवश्यक तयारी गरिने जानकारी दिनुभयो ।
कोभिड विरुद्धको अभियान अगाडी बढाउनुस् उहाँले भन्नुभयो–यसको लागि प्रदेश सरकारले आवश्यक सबै सहयोग गर्न तयार छ ।
कोरोना कालमा फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मीहरुको तलब, भत्ता केही दिनभित्रै उपलब्ध गराउने उहाँले जानकारी दिनुभयो ।
जिल्ला प्रशासन कार्यालयमार्पmत सर्वसाधारणलाई मास्क र स्यानिटाइजर उपलब्ध गराउने उहाँले बताउनुभयो । कोेभिड–१९ को जोखिमबाट जोगिन मास्क र स्यानिटाइजरको प्रयोग गर्न मुख्यमन्त्री राउतले सबैमा अपील समेत गर्नुभयो ।
समाजिक दूरी कायम गरेर दैनिक कामकाज गर्नुका साथै अनावश्यक भिडभाड नगर्न उहाँले आग्रह गर्नुभयो ।
समाजिक विकास मन्त्री नवल किशोर साहले कोभिड–१९ महामारी विरुद्धको अभियानमा स्वास्थ्यकर्मीहरुले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्नुभयो । उहाँहरुको अथक प्रयासले प्रदेशमा कोभिड–१९ महामारी विरुद्धको अभियानमा सफल भएको मन्त्री साहको तर्क थियो ।
मुख्यन्यायाधिवक्ता दिपेन्द्र झाले कोभिड–१९ विरुद्धको अभियानमा देखिएको समस्याहरु तत्काल समाधान गर्नको लागि आग्रह गर्नुभयो ।
बैठकमा नीति आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झा, प्रमुख सचिव गोकर्णमणि दुवाडी लगायत सचिव, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, स्वास्थ्य क्षेत्रका प्रमुखहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया