औरही- महोत्तरीको औरही नगरपालिका २अवस्थित रहेको श्री प्रसाद सिंह मावि.बिधालय औरही नैनिगौरीमा मंगलवार नवनिर्मित सभाकक्षको उद्घाटन गरिएको छ।
औरही नगरपालिकाको श्री प्रसाद सिंह मा.वि.औरही नैनिगौरीमा नवनिर्मित सभाकक्षको समुद्घाटन औरही नगरपालिका नगर प्रमुख सुनिल कुमार यादवद्वारा गरिएको छ। करिब २० लाखको नगरस्तरीय योजनामा उक्त सभाकक्ष तयार भएको छ । स्कुलको केहि कार्यक्रम गर्न गराउन असहज भएकोले विद्यालय व्यवस्थापन समिति तथा शिक्षकहरुको आग्रहमा नगर प्रमुखले उक्त समस्याको समाधान हुनेगरी योजनामा राखी तयार गरेको छ ।नेपाल सरकारको नमुना विद्यालय अन्तर्गत औरहीको सो विद्यालय पनी रहेको छ । नमुना विद्यालय भएपछी भौतिक संरचना लगायत सबैतिर राम्रो बिकास भएको विद्यालय हुनुपर्नेमा नगरप्रमुखले जोड दिएका छन् ।कार्यक्रममा जसपाका युवा नेता दरेश यादवले आफ्नो मन्तव्य राख्दै भनुभयो कि “भौतिक संरचना मात्र बिकास गरेर नमुना विद्यालय बन्दैन, नमुना विद्यालय बनाउनको लागि शिक्षामा पनि जोड हुनुपर्छ अनि मात्र शिक्षा क्षेत्रमा बिकास सम्भव छ, वडा न.१ र २ मा केहि पनी बिकास भएको छैन र म सँग कहिले पनि केहि सरसल्लाह नगर प्रमुखले लिनु भएको छैन” भनेर उनले टिप्पणी गरेका छन् ।
त्यसैगरि जसपाका नेता राजनारायण यादवले भने “बिकास र सहजीकरणमा ३ तहको सरकार धेरै कार्य गरेको छ, पहिला एउटा सानो योजना ल्याउन जिल्लादेखि केन्द्रसम्म दौडिनु पर्ने परिस्थिति थियो तर अहिले स्थानीय सरकारबाट सबै अपेक्षा पुरा भएको देखिन्छ, धेरै ठाउमा सडक तथा पुल निर्माण भएका छन, औरही नगरपालिकामा पनि धेरै विकास भएको प्रमाण छ, पहिलेको तुलनामा अहिले औरही नगरपालिका धेरै अगाडी बढेको छ, यो सबै बिकास स्थानीय सरकार अथवा नगर प्रमुखको पहल मेहनतको फल हो त्यसैले साथिहरुलाइ टिकाटिप्पणी नगरेर र एक अर्कामाथि दोस नदेखाएर एक जुट भएर अगाडी बढ्नको लागि अनुरोध समेत उनले गरेका छन् ।
त्यस्तै नगर प्रमुखले भन्नुभयो कि “फुलहरुलाई बेग्ला बेग्लै राखियो भने त्यो फुल नै रहन्छ तर एउटा धागोमा गासियो भने माला बन्छ, त्यस्तै यदि हामी एकजुट भएर अगाडी बढ्यौ भने यो नगरपालिका नमुनापालिका बन्ने छ, विकासमा सबैभन्दा बढी विकास शिक्षामा हुनुपर्छ किनभने शिक्षाबाट नै सबै बिकासका आधारहरु प्राप्त हुन्छ, जस्तै जुन दियोमा तेल हुदैन त्यो दियो कुनै कामको हुदैन अर्थात जुन ठाउको मानिसमा शिक्षा हुदैन, त्यो ठाउमा बिकासको केहि प्रभाव हुदैन त्यसैले हामीले पहिला शिक्षामा जोड दिनुपर्छ, यो विद्यालय विधिवत नमुना विद्यालयमा पर्ने थिएन तर मेरो पहलबाट आज नमुना विद्यालयमा परेको छ, यो पालिकामा पहिला शासक वर्गहरुले शासन गरेर केही बिकास गरेका छैनन् तर मैले करिब चार वर्षको अवधिमा शिक्षा, किशान, रोजगार बृद्ध भत्ता लगायत धेरै बिकास निर्माणको काम स्कुल भवन ,धर्मशाला रोड निर्माण लगायतका कार्यहरु गरेको छु । यसमा टिकाटिप्पणी नगरिकन एक जुट भएर आउनुस, अझै बिकास हुने छन् ।”
उद्घाटन कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री नरेन्द्र यादवले गरेका थिए भने प्रमुख अतिथि नगर प्रमुख रहेका थिए । त्यस्तै विशिष्ट अतिथि जिल्ला समन्वय समितिका सदस्य सर्युग यादव ,वडा न.२ का वडा अध्यक्ष बिनोद पजियार ,प्रमुख प्रशासकीय अधिकृत नविन न्यौपाने ,शिक्षा शाखा प्रमुख धनबहादुर राइ ,इन्जिनियर राकेश यादव ,जसपाका नेता राजनारायण यादव ,दरेश यादव ,चन्दा दाता लगायतको सहभागिता रहेको थियो ।