Monday 9th of December 2024

बाइडेनको कार्यकालमा नेपाल अमेरिकाबीचको सम्बन्ध घनीभूत हुने राष्ट्रपति भण्डारीको विश्वास

0 Shares

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले जो बाइडेनले अमेरिकाको ४६ औँ राष्ट्रपतिको कार्यभार सम्हालेकोमा बधाइ दिएकी छन् ।

नेपाल–अमेरिका सम्बन्ध सुमधुर रहेको जनाउँदै नेपालको सामाजिक–आर्थिक विकासका लागि अमेरिकाबाट प्राप्त सहयोगको सराहना गरेकी छन् ।

उन्नत एवं बहुआयामिक दुई देशबीचको सम्बन्ध राष्ट्रपति बाइडेनको कार्यकालमा अझ विस्तृत एवं घनीभूत हुने विश्वास व्यक्त गर्दै उनले कोभिड–१९ का समस्या सम्बोधन गर्न नवनेतृत्वलाई सफलता मिल्ने कामना गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ। सन्देशमा राष्ट्रपति भण्डारीले आफ्ना अमेरिकी समकक्षीको कार्यकालको सफलताको कामना पनि गरेकी छन् ।

यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले कमला ह्यारिसलाई बधाइ सन्देश पठाउँदै अमेरिकाको इतिहासमा प्रथम महिला उपराष्ट्रपति भएकोमा प्रशंसा गरेका छन् । लैंगिक समानता, सामाजिक न्याय र जलवायु परिवर्तनजस्ता विषयलाई अमेरिकाको नयाँ नेतृत्वले प्राथमिकतामा राखेकामा उपराष्ट्रपति पुनले सराहना गरेका छन् ।

प्रतिक्रिया