पत्रकार महासंघ महाेत्तरीकाे चुनाव : कमलेश मण्डलको प्यानल विजयी

बर्दिवास – नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशन अन्तर्गत नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा महोत्तरीमा कमलेश मण्डल नेतृत्वकाे प्यानल विजयी भएको छ ।

महोत्तरीमा महासंघको नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा कमलेश मण्डल निर्वाचित भएका छन् । उनले २३ मत ल्याएका छन् भने उनको निकटम प्रतिद्वन्दी महेशकुमार दासले १८ मत ल्याएका छन् ।

यसैगरी उपाध्यक्षमा हेम कुमारी बराल(सुनिता) २२ मत ल्याएर विजयी भएका छन् भने उनको निकटम प्रतिद्वन्दी विक्रम राैनियारले १७ मत ल्याएका हुन् । महिला उपाध्यक्षमा सुनिता कुमारीले २२ मत ल्याएर विजयी भएका छन भने उनको निकटम प्रतिद्वन्दी दिपिका कुमारी साहले १७ मत ल्याएको निर्वाचन समितले जनाएको छ ।

सचिवमा राजकरण महतो २२ मत ल्याएर निर्वाचित भएका छन् भने उनको निकटम प्रतिद्वन्दी रञ्जन भण्डारीले १९ मत ल्याएर हार व्यहोरेका छन् । यसैगरी सहसचिवमा रामनारायण महतो २१ मत ल्याएर विजयी भएका छन् भने उनको निकटम प्रतिद्वन्दी राजिव रायले १९ मत ल्याएका छन् । सहसचिव समावेशीमा संजित मण्डल २२ मत ल्याएर विजयी भएका छन् । उनको निकटम प्रतिद्वन्दी उपासना तिवारीले १९ मत ल्याएर पराजित भएका छन् । कोषाध्यक्षमा अजय कुमार सिंहले १९ मत ल्याएर जीत हात पारेका छन् भने उनको निकटम प्रतिद्वन्दी विवेकानन्द झाले १९ मत ल्याएका छन् ।

यस्तै मधेसी सदस्यमा अमृत कुमार महताे विजयी भएका छन् भने खुल्ला सदस्यमा दिनेश्वर महतो, नवीन कुमा चाैधरी, रंजीत कुमार कापर र ललन कुमार मण्डल निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । यसैगरी केन्द्रिय परिषद सदस्यमा गोपाल प्रसाद बराल विजयी भएका छन् ।  नेपाल पत्रकार महासंघ महोत्तरी शाखामा ४१ जना मतदाता रहेको छ । निर्वाचन समितका अनुसार महोत्तरीमा शतप्रतिशत मतदान भएको थियो

पत्रकार महासंघको इतिहासमा पहिलो पटक केन्द्रीय नेतृत्व चयनका लागि देशभरका पत्रकारहरुले प्रत्यक्ष मतदान गर्न पाएका हुन् । यसअघि जिल्ला, प्रदेश, प्रतिष्ठान, एसोसिएट लगायतबाट चुनिएर आएका सीमित पार्षदले मात्रै केन्द्रीय नेतृत्व चयनका लागि मतदान गर्न पाउने व्यवस्था थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार