
महोत्तरी । कक्षाकोठाभित्र पढाईरहेको शिक्षकलाई वडासचिवले गाली बेईज्जती गर्दै हातपातको प्रयास गरेको विरोधमा त्रिभुवन मावि गौशालाका शिक्षकहरुले पठनपाठन अवरुद्ध गरि विरोध जनाएका छन ।
विहीबार कक्षा १२ मा पढाईरहेका अंग्रेजी विषयका शिक्षक विनोद कुमार महतो उपर वडा नं. ९ का वडासचिव उमाकान्त महतोले विद्यालयमा गई गाली वेईज्जती गर्दै हातपातको प्रयास गरेको विरोधमा शिक्षकहरुले पठनपाठन बन्द गरेका छन ।
कक्षा संचालनको क्रममा अवेला गरि आएको वडासचिवका भाई वुहारी कक्षा १२ मा अध्ययनरत अर्चना सिंहलाई शिक्षक महतोले कारवाही गरेको भन्दै वडासचिव महतो र निजका भाई राजेशले शिक्षक उपर हातपात गरेको विद्यालय स्रोतले जनाएको छ ।
भाईले विवाद गर्दै आएको समयमा विद्यालयमा आएका वडा सचिव उमाकान्त महतोले भाईलाई सम्झाउन छाडि अचानक शिक्षकमाथि अभद्र व्यवहार देखाएपछि शिक्षकहरु उचित न्यायको माग गर्दै विद्यालयमा पठापाठन बन्द गरेको विद्यालयका प्रधानाध्यापक अमोद कुमार साहले बताउनुभयो । शिक्षकलाई न्याय दिलाई सुरक्षाको माग गर्दै वडा नं. ५ को कार्यालयमार्फत नगरपालिकासमक्ष माग गरेको प्रधानाध्यापक साहले जानकारी दिनुभयो ।
प्रतिक्रिया