
काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरस संक्रमण थप बढ्न सक्ने खतरा देखिएकाले विद्यालयलगायत भीडभाड हुने क्षेत्र बन्द गर्न सिफारिस गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेत्र त्रिपाठीले कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकमा सिफारिसमाथि छलफल हुने जानकारी दिए ।
दोस्रो लहरको कोरोनाभाइरस महामारी आएको र यो थप फैलन सक्ने भएकोले सावधानी अपनाउन लागिएको मन्त्रालयको भनाइ छ।
त्यस्तै मन्त्रालयले २५ जनाभन्दा बढी भेला हुन रोक लगाउन सिफारिस पनि गरेको छ । यसबारे कोभिड–१९ संकट व्यवस्थापन सेन्टर ९सीसीएमसी० को आजै बस्ने बैठकले निर्णय गर्न सक्ने बताइएको छ ।
कोरोना संक्रमणको दोस्रो लहर आएसँगै मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड पालना हुन नसक्ने स्थानमा २५ जनाभन्दा बढी भेला हुन रोक लगाउनुपर्ने निष्कर्ष निकालेको छ । त्यसअनुसार सीसीएमसीमा सिफारिस पठाएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । त्यही निर्णय भए विद्यालयका साथै आगामी वैशाखमा काठमाडौंमा हुने तय भएको त्रिकोणात्मक क्रिकेट सिरिज प्रभावित हुनसक्नेछ ।
प्रतिक्रिया