गौशाला नगरपालिकाले मनाए १९ औं धान दिवस

गौशाला: महोत्तरीको गौशाला नगरपालिकाले धान दिवस मनाएको छ । ‘धानवालीको जैविक विवधताको उपयोग आयात प्रतिस्थापनमा सहयोग’ भन्ने मूल नाराका साथ बुधबार गौशाला नगरपालिका भवनभन्दा ५० मी.को दुरीमा रहेको खेतमा धान रोपी धान दिवस मनाएको हो ।

नगरपालिकाको कृषि शाखाद्वारा आयोजित सो कार्यक्रममा उपमेयर लगायत सम्पूर्ण निर्वाचित जनप्रतिनिधि र नगरपालिकाका कर्मचारी सो क्षेत्रका एक दर्जनभन्दा बढी किसानहरुले धान रोपेका थिए ।

दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा बोल्दै नगरपालिकाका उपमेयर रेणु महतोले आगामी आर्थिक वर्षदेखि कृषि क्षेत्रलाई प्राथमिकता दिँदै नगरपालिकाले कृषि उत्पादन बढाउन विभिन्न कार्यक्रमहरु कार्यान्वयनमा ल्याउन लागेको जानकारी दिए ।

आजका दिन असारे भाकामा गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । युवा–युवती, रोपाहारले खेतमा हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन पनि लिने गर्छन् । असारमा एक पटक हिलोमा पस्नुपर्ने मान्यता नेपाली समाजमा रहेको छ ।

खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेकाले पनि आज दही,चिउराखाई असार १५ लाई सांस्कृतिक पर्वका रूपमा मनाउने गरेका छन् ।

सरकारले २०६१ साल मङ्सिर २९ गते गरेको निर्णयअनुसार २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार