पदमुक्त भएका चारजना मन्त्रीको आजै पुनर्नियुक्ति

काठमाडौं –  बिहीबार सांसद पद खोसिएका चारजना सांसदहरुको आजै पुनर्नियुक्ति हुने भएको छ। नेकपा (माओवादी केन्द्र) परित्याग गरेर नेकपा एमाले प्रवेश गरेका अर्घाखाँचीका टोपबहादुर रायमाझी, कैलाली–४ का लेखराज भट्ट, रौतहट–३ का प्रभु साह र कैलाली–३ का गौरीशंकर चौधरीको मन्त्री पदमा पुनर्नियुक्ति हुने भएको हो। उनीहरुको शपथ कार्यक्रम आज साँझ ५ बजे तोकिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए।

यसअघि प्रतिनिधिसभाको बिहीबारको बैठकमा नेकपा माओवादी केन्द्रले कारबाही गरेका चार सांसद पदमुक्त भएको सभामुख अग्निप्रसाद सापाकोटाले जानकारी गराएसँगै उनीहरूकाे पद गुमेकाे थियाे।

प्रतिक्रिया