Tuesday 11th of February 2025

रुपान्तरण टिमको पहिलो जीत ।।

0 Shares

गौशाला। महोत्तरीस्थित रेडियो रुपान्तरण गौशालाको रुपान्तरण टिमले पहिलो खेलमा नै सफलता हासिल गरेको छ । शुक्रवार महोत्तरीको सोनमामा आयोजित गाँउपालिका अध्यक्ष कपको उदघाटन खेलमा रुपान्तरण टिमले पहिलो विजयी हासिल गरेका हुन ।
सोनमा गाँउपालिकाको रघुनाथपुर टिमवीच भएको सो खेलमा रुपान्तरण टिमले १४ रनले विजयी हासिल गरेका हुन ।

सोनमा गाँउपालिका २ स्थित सरस्वती माविको खेल मैदानमा सम्पन्न खेलमा रुपान्तरण टिमले ६ विकेटको क्षतिमा ९६ रन बनाएका थिए । त्यस्तै ९७ रनको लक्ष्य लिई मैदानमा उत्रेका रघुनाथपुर टिमले अलआउट हुँदै ८२ रन मात्र बनाएका थिए ।
आजको खेलको म्यान अफ द म्याचको उपाधि रुपान्तरण टिमका सुकेश यादवले प्राप्त गरेका टिमका क्याप्टन क्रिकेटर रामनाथ यादवले जानकारी दिनुभयो ।

खेलाडीहरुलाई स—सम्मान सहित विदाई
रेडियो रुपान्तरण गौशालाले आफना टिमका खेलाडीहरुलाई शुक्रवार विहान सम्मान सहित विदाई गरेका हुन । रेडियो रुपान्तरणको कार्यलयमा खेलमा सहभागी जनाएका १२ जना खेलाडीलाई गमछा, अविर लगाई सम्मान गरेका हुन ।

नेपाल शिक्षक महासंघ गौशालाका अध्यक्ष नकुल उप्रेतीले सहभागी खेलाडीलाई गमछा ओढाई सम्मान गरेका हुन । सोवीच अध्यक्ष उप्रेतीले खेलाडीलाई पुर्णरुपमा अनुशासित भई टिमको नाम रोशन हुने किसिमको प्रर्दशन गर्नका लागि खेलाडीहरुमा आग्रह गर्नुभएको थियो ।

खेलकुदको विधामा पनि रुपान्तरण एक कदम अगाडि ः म्यानेजर
रेडियो रुपान्तरणले समाजमा रहेको अनेकौ किसिमको परिवर्तन गर्ने क्रममा खेलकुदको क्षेत्रमा पनि सकारात्मक परिवर्तनको पथमा अगाडि लम्केको रुपान्तरण टिमका म्यानेजर धनवीर महतोले बताउनुभयो । रेडियो रुपान्तरणले खेलकुदको विधालाई पनि अगाडि बढाउने उद्देश्यले क्रिकेटर रामनाथ यादवको नेतृत्वमा क्रिकेट टिमको घोषणा गरेको म्यानेजर महतोले जानकारी दिनुभयो ।

प्रतिक्रिया