Thursday 6th of February 2025

नेपाल पत्रकार महासंघ महोत्तरी शाखामा नयाँ कार्यसमितिले कार्यभार

0 Shares

महोत्तरी – नेपाल पत्रकार महासंघ महोत्तरी शाखामा नयाँ कार्यसमितिले कार्यभार सम्हालेका छन् ।

निर्वाचन समितिले नवनिर्वाचित कार्यसमितिलाई प्रमाणपत्र दिएपछि उनीहरुले औपचारिक रुपमा कार्यभार सम्हालेका हुन् । नवनिर्वाचित कार्यसमितिलाई नेपाल पत्रकार महासंघ महोत्तरी शाखाका निवर्तमान सचिव तथा अध्यक्षका प्रत्यासी महेश कुमार दासले स्वागत गरेका छन् ।

नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशन अन्तर्गत नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा महोत्तरीमा कमलेश मण्डल नेतृत्वकाे प्यानल विजयी भएको छ ।

महोत्तरीमा महासंघको नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा कमलेश मण्डल निर्वाचित भएका छन् ।

यस्तै उपाध्यक्षमा हेम कुमारी बराल(सुनिता), महिला उपाध्यक्षमा सुनिता कुमारी महतो, सचिवमा राजकरण महतो, सहसचिवमा रामनारायण महतो, सहसचिव समावेशीमा संजित मण्डल विजयी भएका छन् भने कोषाध्यक्षमा अजय कुमार सिंहले जीत हात पारेका छन् ।

यसैगरी मधेसी सदस्यमा अमृत कुमार महताे, खुल्ला सदस्यमा दिनेश्वर महतो, नवीन कुमा चाैधरी, रंजीत कुमार कापर र ललन कुमार मण्डल निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया