मलंगवाबाट चोरी भएको मोटरसाईकल ६ घण्टामै फेला पर्यो

सर्लाही – गत बुधबार सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका १० स्थित माई एफएम नजिक राम बाबु राउतको घर अगाडीबाट चोरी भएको ना १ प २१४८ नम्बरको एफ जेड मोटरसाईकल प्रहरीले चोरसहित फेला पारेको छ ।

प्रहरीले बुधबार दिउँसो करिब १ बजे तिर राउतको घर अगाडीबाट मोटरसाइकल चोरी भएको खवर पाउना साथ जिल्ला प्रहरी कार्यालय मलंगवाबाट खटिएको प्रहरी टोलीले सोही दिन बेलुका ६ बजे मलंगवा नपा वडा नम्बर – ४ बाट मलंगवा – ९ बस्ने मो।संदाम हुसेनलाई मोटरसाइकल सहित नियन्त्रणमा लिएको हो। हुसेनलाई जिप्रका मलंगवाको हिरासतमा राखि अनुसंधान प्रकृया अगाडी बढाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार