जसपा नेता दुवेद्वारा नव निर्वाचित पत्रकारहरुलाई बधाई तथा शुभकामना

महोत्तरी- जनता समाजवादी पार्टी नेपालका नेता चन्दन दुवेले शुक्रबार महोत्तरी जिल्लाका नव निर्वाचित पत्रकारहरुलाई बधाई तथा शुभकामना दिनुभएको छ ।

नेपाल पत्रकार महासंघ महोत्तरी शाखाको चैत २५ गते सम्पन्न निर्वाचनमा बिजयी हुनुभएका अध्यक्ष कमलेश मण्डल तथा महासंघका सम्पूर्ण पदाधिकारीहरुलाई नेता दुवेले पत्रकार महासंघको कार्यालयमै पुगेर माला, गमछा र अबिर लगाएर बधाई तथा शुभकामना दिनुभएको हो ।

बिजयी सम्पूर्ण पदाधिकारीहरुलाई शुभकामना दिनुहुँदै नेता दुवेले यस जित सम्पूर्ण सक्रिय पत्रकारहरुको जीत रहेको भन्नुहुँदै आउँदा दिनमा यसलाई बाहिरी चलखेलबाट बचाउँदै पत्रकार र पत्रकारिताको मुल्य मान्यतालाई कायम राख्न आग्रह गर्नुभयो । यस जितलाई उहाँले सम्पूर्ण देशकै पत्रकारहरुको साँझा जीतको रुपमा लिनुभएको थियो ।

जीत हासिल गर्नुभएका सम्पूर्ण पदाधिकारीहरुलाई नेता दुवेले सधैं अन्यायमा परेकालाई उद्धार, भ्रष्टाचारमा परेकाको पर्दाफास र असल काम कर्तव्य गर्नेहरुको सम्मानका लागि कलम चलाउन आग्रह गर्नुभएको थियो ।

उहाँले गर्नुभएको बधाई तथा शुभकामना कार्यक्रम केवल उहाँको व्यक्तिगत नभई जसपा नेपालको औपचारिक कार्यक्रम समेत भएको उहाँले बताउनुभएको थियो।महासंघ महोत्तरीको सम्पन्न निर्वाचनबाट अध्यक्ष पदमा कमलेश मण्डल,उपाध्यक्षद्वयमा क्रमश हेमकुमारी बराल, सुनिता महतो, सचिवमा राजकरण महतो, सहसचिवद्वयमा रामनारायण महतो,सञ्जीत मण्डल, कोषाध्यक्षमा अजयकुमार सिंह,मधेशी सदस्यमा अमृतकुमार महतो, आदिवासी जनजाति सदस्यमा सुभद्रा भूजेल, दलित सदस्यमा आशा कुमारी तोलाङ्गे, अन्य समावेशी सदस्यमा लक्ष्मी कुमार साह र खुल्ला सदस्यहरुमा क्रमशः नविन कुमार चौधरी, दिनेश्वर महतो, ललन मण्डल र रंजीतकुमार कापर बिजयी हुनुभएको हो ।

शुक्रबार बिजयी पदाधिकारीहरुलाई मुख्य निर्वाचन अधिकृत ईश्वरी प्रसाद पौडेलले प्रमाण पत्र बितरण गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार