Saturday 20th of July 2024

यौनसम्पर्क गर्न नदिएको रिसमा श्रीमानले गरे श्रीमतीको हत्या

0 Shares

काठमाडौं – श्रीमतीको हत्या गरेको आरोपमा रुपन्देहीमा एक जना पक्राउ परेका छन्। व

पक्राउ पर्नेमा रुपन्देहीको सियारी गाउँपालिका वडा नम्बर ३ हर्नैयाका ६६ वर्षीय गनपतले बानियाँ रहेका छन्। 

उनले यौनसम्पर्क गर्न नदिएको रिसमा आफ्नै श्रीमती ५५ वर्षीय कुश्मा बानियाँको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। 

गाउँमै धान कुट्ने मिल सञ्चालन गर्दै आएका गनपतले यौनको विषयमा विवाद भएपछि श्रीमतीको हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।  

 गनपतले यसअघि पनि यौन सम्पर्क गर्न नदिएको भन्दै श्रीमती कुश्मालाई कुटपिट गर्दै आएको प्रहरी अनुसन्धानले देखाएको छ।

बुधबार साँझ पनि यौन सम्पर्क गर्न नदिएको भन्दै आफैंले घाँटी थिचेर हत्या गरेको गनपतले प्रहरीसामु बयान दिएको प्रवक्ता प्रहरी उपरीक्षक सत्यनारायण थापाले बताए।

पक्राउ परेका गनपतमाथि थप अनुसन्धाा भइरहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया