Thursday 6th of February 2025

महोत्तरीमा आफैले चलाएको ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु

0 Shares

महोत्तरी- महोत्तरीको औरहीमा आफैले चलाएको ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । शनिवार औरही नगरपालिका १ मा अनटेस्ट ट्रयाक्टर दुर्घटना हुँदा सोही ट्रयाक्टरका चालक बर्ष ४० को विजय महतो सुडिको मृत्यु भएको हो ।

आफनै खेतबाट काटि राखेको गहुँ ल्याउन जाँदा स्थानिय पोखरीको नजिक भएके दुर्घटनामा परि गम्भीर घाईते भएका विजयको उपचारको लागि वर्दिवासस्थित शुभस्वस्तिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

ट्रयाक्टर प्रहरीको नियन्त्रणमा रहेको छ भने शवलाई पोस्टमार्टमको लागि जलेश्वर पठाउने तयारी भईरहेको प्रहरी निरीक्षक प्रकाश रेग्मीले जानकारी दिनुभयो ।

प्रतिक्रिया