जब बर्दिमै प्रहरीले दारु खाए पछि…

अभिनय कुमार मिश्र, जनकपुरधाम । बर्दिमै बियर खाएको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषाले एक प्रहरीलाई निलम्बन गरेको छ ।

जनकपुरधाम विमानस्थलका प्रहरी हबल्दार विजयचन्द्र झालाई जिल्ला प्रहरी कार्यालय धनुषाले कारवाही गरि ६ महिनाको लागि निलम्बन गरी जाँचप्रताल अगाडी बढाएको हो ।

गत चैत्त १६ गते होलीको दिन जनकपुर एयरपोर्टमा ड्युटिमा रहेका प्रहरी हबल्दा विजयचन्द्र झाले रक्सी पसलमा गएर बीयर खाँदै गरेको भिडियो टिकटकमा आएपछि विभिन्न अनलाईनमा समाचार सम्प्रेषण भएका थियो ।

गत चैत्त २२ गते आईतबार समाचार आएपछि जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी प्रकाश रानाभाटले उनलाई अनुसन्धान गरी ६ महिनाको लागि निलम्बन गरिएको बताए ।

प्रहरी हबल्दार झाले प्रहरीको आचरण विपरित काम गरेको, पोशाकमै मादक पदार्थ सेवन गरेको, कमाण्डरलाई जानकारी नदिइकनै बाहिर निस्केको भन्दै उनलाई अनुशासन अन्तर्गत कारवाही गरिएको हो ।

https://www.tiktok.com/@newsbureau_nepal/video/6949140148231752961?sender_device=pc&sender_web_id=6943588305910007297&is_from_webapp=v1&is_copy_url=0

“उहाँलाई ६ महिनाको लागि निलम्बन गरेका छौं । यो अवधीमा उहाँमाथि जाँच पडताल हुनेछ । उहाँले अनुशासन विपरित कार्य गरेको भिडियोमा देखिएको छ । सोही कारणले उहाँलाई तत्काल निलम्बन गरिएको छ ।”– एसपी रानाभाटले भने ।

टिकटकमा देखिएको भिडियोमा प्रहरी हबल्दार झाले प्रहरीको पोशाक लगाएरै बीयर खाँदै गरेको देखिएको छ । यो आम नागरिकको लागि साधारण कुरा भएपनि प्रहरी सँगठनको ऐन नियम विपरित, आचरण विपरित भएको भन्दै कारवाही गरिएको हो ।

प्रहरीको पोशाक लगाएर मादक पदार्थ सेवन तथा अनुशासनहिनता जस्ता कार्यहरु गरेको खण्डमा कारवाही हुने गरेको छ । स्रोत ः न्यूज ब्यूरो

प्रतिक्रिया

सम्बन्धित समाचार