
जनकपुर – प्रदेश २ मा आज बारामा ५ र पर्सामा १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
शनिबार (आज) थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कोरोना सक्रिय संक्रमितको संख्या १ सय ७ पुगेको स्वास्थ्य निर्देशनालय प्रदेश २ का निमित्त निर्देशक विजयकुमार झाले जानकारी दिए ।
पछिल्लो २४ घण्टामा ३७ जनाको पीसीआर टेस्ट गर्दा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का वरिष्ठ चिकित्सक डा. कमलेशप्रसाद यादवले बताए ।
यससँगै यस प्रदेशमा कोरोेना संक्रमितको संख्या १०७ पुगेको छ ।
हाल पर्सामा सबैभन्दा बढी ५५ जना कोरोनाको सक्रिय संक्रमित छन् ।
त्यस्तै, बारामा ३१, धनुषामा १२, महोत्तरीमा ४, सर्लाहीमा २, सप्तरी, सिरहा र रौतहटमा १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
प्रतिक्रिया