Tuesday 21st of January 2025

महोत्तरीका नवनिर्वाचित पत्रकारलाई जनसहयोगी युवा सञ्जालको सम्मान

0 Shares

महोत्तरी –  नेपाल पत्रकार महासंघ महोत्तरीका नवनिर्वाचित कार्यसमितिलाई बर्दिवासमा सम्मान गरिएको छ । शनिवार बर्दिवासस्थित एक होटलमा नेपाल पत्रकार महासंघ महोत्तरी शाखाको नवनिर्वाचित कार्यसमितिलाई सम्मान गरिएको हो ।

जनसहयोगी युवा सञ्जाल बर्दिवास महोत्तरीले नवनिर्वाचित कार्यसमितिलाई सम्मान गरेका हुन् । जनसहयोगी युवा सञ्जाल बर्दिवास महोत्तरीका अध्यक्ष परमेश्वर महतोको अध्यक्षतामा नेपाल पत्रकार महासंघ महोत्तरीका नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई तथा नव वर्ष २०७८ सालको शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरिएको थियो । सञ्जालका अध्यक्ष महतोले नवनर्वाचित पत्रकारलाई फुलमाला लगाएर शुभकामना पत्रसहित सम्मान गरेका छन् ।

कार्यक्रममा सञ्जालका युवाहरूले नेपाल पत्रकार महासंघ महोत्तरीका नवनिर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् । उनीहरूले आउँदै गरेको नयाँ वर्षको एकआपसमा शुभकामना आदानप्रदान समेत गरेका छन् ।

नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशन अन्तर्गत नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा महोत्तरीमा कमलेश मण्डल नेतृत्वकाे प्यानल विजयी भएको छ ।

यस्तै उपाध्यक्षमा हेम कुमारी बराल(सुनिता), महिला उपाध्यक्षमा सुनिता कुमारी महतो, सचिवमा राजकरण महतो, सहसचिवमा रामनारायण महतो, सहसचिव समावेशीमा संजित मण्डल विजयी भएका छन् भने कोषाध्यक्षमा अजय कुमार सिंहले जीत हात पारेका छन् ।

यसैगरी मधेसी सदस्यमा अमृत कुमार महताे, खुल्ला सदस्यमा दिनेश्वर महतो, नवीन कुमार चाैधरी, रंजीत कुमार कापर र ललन कुमार मण्डल निर्वाचित भएको हो ।

प्रतिक्रिया