Tuesday 21st of January 2025

महोत्तरीमा बासको बलोमा सलको पासो लगाई एक महिलाको मृत्यु ।।

0 Shares

गौशाला – महोत्तरीको गौशाला नगरपालिका स्थित वडा नं. ६ मा बिहान ५ः३० बजेको समयमा एक महिलाले बासको बलोमा सलको पासो बनाई झुन्डिएर एक महिलाको ज्यान गएको छ ।

गौशाला नगरपालिकाको वडा नं. ६ मा बस्ने गणेश रायको श्रीमति वर्ष ३६ की राधा देवी यादवले आफ्नै घरको बासको बलोमा सलको पासो बनाई झुन्डिरहेको अवस्थामा निजको श्रीमानले देखेपछि लगाएको सलको पासोलाई काटि मृतकलाई तल उतारी गौशालामा रहेको ईलाका प्रहरी कार्यालयमा सूचना गराए लगतै इलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक प्रकाश रेग्मीको कमाण्डमा टोली खटि मृत्कको मुचुल्का तयार गरी लासलाई पोस्टमाटमको लागी बिहान नै जलेश्वर पठाई सकेको रेग्मीले बताए । अनुसन्धान कार्य भईरहेको र मृत्कको झुण्डिनुको कारण भन्ने अहिलेसम्म खुल्न नसकेको रेग्मीले बताए ।

प्रतिक्रिया