
सर्लाही – नेपाल पत्रकार महासंघ सर्लाही शाखाका नवनिर्वाचित अध्यक्ष टंकबहादुर क्षेत्रीले शनिवार पद्म–भुवनेश्वरी नमूना वृद्ध सेवाश्रम जुटपानीमा भोजन गराएका छन् ।
हरिवन नगरपालिका–८, निवासी क्षेत्रीले शनिवार बिहान लालबन्दी नगरपालिका–२, मा रहेको आश्रममै आई, त्यहाँ आश्रय लिएर बसिरहेका वृद्धवृद्धालाई भोजन गराएका हुन् । त्यसक्रममा उनले आश्रमका संरक्षक बासुदेवशरण कोइराला र अन्य वृद्धवृद्धाहरुबाट आर्शिवाद लिएका आश्रमकी व्यवस्थापक भवानी कोइरालाले जानकारी दिईन् ।
महासंघका अध्यक्ष क्षेत्री ५ हजार ५ रुपैयाँ तिरेर शनिवारकै मितिदेखि आश्रमको आजिवन सदस्य समेत बनेका छन् । क्षेत्री चैत २५ गते सम्पन्न अधिवेशनबाट तीन वर्षका लागि पत्रकार महासंघ सर्लाही शाखाको अध्यक्षमा निर्विरोध चयन भएका हुन् ।
उनीसहितका अन्य पदाधिकारीहरुको आइतवार सदरमुकाम मलंगवामा एक समारोहका बीच पदस्थापन कार्यक्रम राखिएको छ ।
प्रतिक्रिया