महोत्तरी / विद्यालयमा शिक्षकमाथि भएको दुव्र्यवहारको विरोधमा नेपाल शिक्षक महासंघ गौशाला नगरसमितीले आज नगरका सम्पूर्ण सामुदायिक विद्यालय बन्द गराएका छन । पिडित शिक्षकलाई न्याय दिलाउन तथा दोषीलाई कारवाहीको माग गर्दै आज विहान हुन लागेको विरोध प्रर्दशनमा सहभागी हुनका लागि यहाँका सामुदायिक विद्यालय बन्द गराएको हो ।
गत चैत्र २६ गतेका दिन गौशाला नगरपालिका वडा नंं ९ का वडा सचिव उमाकान्त महतोले विद्यालयको कार्यालयमा पसि शिक्षकहरुलाई दुव्र्यवहार गर्नुको साथै हातपातको समेत प्रयास गरेको विरुद्धमा नगरका सामुदायिक विद्यालयहरु एक दिनको लागि बन्दको घोषण नेपाल शिक्षक महासंघ गौशालाका अध्यक्ष नकुल उप्रेतीले बताउनुभयो ।
कक्षा १२ मा अध्ययनरत छात्रा अर्चना सिंहलाई कक्षाकोठामा विद्यार्थीलाई समान्य अनुशासनको पालना गराएको भन्दै विद्यालयमा पसि वडा नं. ९ का वडासचिव उमाकान्त महतो र निजका भाई राजेश महतोले कक्षा शिक्षक विनोद महतो सहितका शिक्षकलाई दुव्र्यवहार गर्दै हातपातको समेत प्रयास गरेको थियो । शिक्षकहरु न्याय नपाएको खण्डमा चरणवद्ध रुपमा आन्दोलन गर्ने अध्यक्ष उप्रेतीले जानकारी दिनुभयो ।