गौशालामा शिक्षकहरुको विरोध प्रर्दशन, कोणसभा कस्ले के भने ?

गौशाला गौशाला नगरपालिका भरिका शिक्षकहरु आईतबार विद्यालय बन्द गरि विरोध प्रर्दशनमा उत्रेका छन । गत चैत्र २६ गते त्रिभुवन माध्यमिक विद्यालय गौशालाका शिक्षक विनोद कुमार महतोलाई गौशाला नगरपालिका वडासचिव उमाकान्त महतोले दुव्र्यवहार गरेको घटनालाई लिएर पिडितलाई न्यायको माग गर्दै विरोध प्रर्दशन गरेका हुन ।


हातहातमा प्ले कार्ड वोकी त्रिभुवन माविबाट शुरु भएको शिक्षकहरुको ¥याली वजारको विभिन्न भागको परिक्रमा गर्दै गौशाला नगरपालिकाको कार्यालय अगाडि पुगि सम्पन्न भएको थियो ।

कोणसभाकावीच विभिन्न वक्ताहरुले गौशालाको शिक्षण क्रियाकलाप उपर ध्यानमा राखी सम्बोधन गरेका थिए ।

कोणसभा कस्ले के भने ?

गोपाल महतो (प्रधानाध्यापक)
राष्टिय आधारभुत विद्यालय वडेर्वा, गौशाला १०

स्थानियतहलाई शिक्षा संचालनका लागि पुर्ण अधिकार दिएतापनि गौशाला नगरपालिकाले सामुदायिक विद्यालय र शिक्षकहरुको हकहितमा खासै रुपमा ध्यान दिएको छैन ।

यहाँका शिक्षण अनुदान कोटामा कार्यरत रहेका शिक्षकहरु बर्षौदेखि पारिश्रमिक नपाउनु, विभिन्न समयमा विद्यालयमै शिक्षकहरु कुटिनु, दुव्र्यवहारको शिकार हुनुजस्ता घटना घटेतापनि गौशाला नगरपालिकाले खासै रुपमा चासो नदिदा शिक्षकहरु पेशागत रुपमा सुरक्षित हुन सकेको छैन । पिडितलाई न्याय दिलाउनका लागि आफुहरु एकरुपता भई कार्यसम्पादन गर्नका निम्ति तयार रहेकोले न्याय नपाएसम्म हामीहरु चुप लागेर वस्ने छैनौ ।

श्यामबाबु महतो (प्रधानाध्यापक)
मुन्निमिश्री आधारभुत विद्यालय पडरिया


यहाँका शिक्षकहरुलाई बदमान गर्ने षडयन्त्र जहिले पनि हुँदै आएको छ । शिक्षकलाई अव सचेत भई समयअनुसार कार्यसम्पादन गर्नु अति नै आवश्यक रहेको छ । शिक्षक सचेत नभए यहाँका शैक्षिक गतिविधी विलीन हुने अवस्थाको सिर्जना हुन सक्छ । तसर्थ यसप्रति सरोकारवाला निकायलाई ध्यान दिनु अत्यन्त आवश्यक रहेको छ । दोषीलाई कानुनअनुसार कारवाही हुनुपर्छ ।

जितेन्द्र सिंह (सह-अध्यक्ष)
नेपाल शिक्षक महासंघ गौशाला


घटना चैत २६ गतेको भएतापनि हामीहरुलाई अलि अवेला भएर जानकारी पाएतापनि हामी शिक्षकहरु एकतामा भई आन्दोलित भएका हौ । वडा कार्यालयमार्फत घटनाको सम्बन्धमा जानकारी गराएतापनि न्याय नपाउँदा नेपाल शिक्षक महासंघ वाध्यतावश आन्दोलित भएका हुन । शिक्षकलाई दुव्र्यवहार गरेतापनि हालसम्म वडा कार्यालय, नगरपालिका लगायतका सम्बन्धित सरोकारवाला निकाय मौन भई चुप्पी कस्नु दुखद रहेको छ ।

नकुल उप्रेती (अध्यक्ष)
नेपाल शिक्षक महासंघ गौशाला


शैक्षिक गुणस्तर खस्किदै गएको छ । जसको जिम्मेवारी सम्बन्धित सरोकारवाला निकायलाई लिनु नै पर्छ । शिक्षकहरु समयमा तलव नपाउनु, विद्यालयमा पठनपाठनको वातावरण नहुनुजस्ता घटनाले स्थानिय सरकार नभएको अनुभुति हुन थालेको छ । शिक्षकहरुको माग पुरा नगरे हामीहरु चरणवद्ध आन्दोलन गर्नका लागि बाध्य हुने छौ ।

रामउमेश यादव (जिल्ला अध्यक्ष)
एकीकृत अखिल नेपाल शिक्षक संगठन


स्थानियतहले शैक्षिक गतिविधी संचालनका लागि असफल भईसकेको छ । शिक्षाको अधिकार संघीय सरकारलाई दिनुको विकल्प छैन । संघियता स्थापना भएपछि शैक्षिण अधिकार स्थानियतहलाई दिएतापनि दिनानुदिन शिक्षकहरु पिडित हुँदै गईरहेको छ । समयमा तलब नपाउनु, जो कोहीले पनि विद्यालयमा निर्धक्क भई थर्काउनु, शिक्षकलाई अपमानित गरेतापनि स्थानिय तह मौन हुनु नै असफलका लक्षणहरु रहेका छन । शिक्षकहरु संवेदनशील भई कार्यसम्पादन गरेतापनि स्थानियपालिकाले शिक्षक र विद्यालयप्रतिको नजरिया परिवर्तन गर्न नसक्नु दुखद रहेको छ । जुन समयसापेक्ष अगाडि बढनु आवश्यक छ । न्यायको लागि जे गरेर भएपनि दोषीलाई कारवाहीको दायरामा ल्याउनका लागि गौशाला नगरपालिकाका शिक्षकहरु तयार रहेका छन ।

नगरप्रमुखलाई ज्ञापनपत्र
यता नेपाल शिक्षक महासंघ गौशाला नगर समितीले शिक्षकलाई न्याय, सुरक्षा तथा शिक्षकहरुको पारिश्रमिकको माग राख्दै गौशाला नगरपालिकामा ज्ञापनपत्र बुझाएका छन ।

गौशाला नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत विरेन्द्रजंग थापमार्फत सो ज्ञापनपत्र नगरप्रमुख शिवनाथ महतोलाई बुझाईएको हो । नगरप्रमसख अनुपस्थित भएपछि सो ज्ञापनपत्र प्रमुख प्रशासकीय अधिकृतलाई कार्यकक्षमा भेटि बु्झाईएको नेपाल शिक्षक महासंघ गौशालाका सचिव सुमित कुमार साहले बताउनुभयो ।

यस्तो छ घटना, कक्षा शिक्षक विनोद महतो

घटना चैत २६ गते विहीबारको हो । गौशालास्थित त्रिभुवन माध्यमिक विद्यालयको कक्षा १२ मा म पहिलो घण्टी अंग्रेजी विषय पढाईरहेका थिए । समयभन्दा अवेला गरि आएका केही विद्यार्थीहरुलाई मैले कक्षाकोठावाहिर उभ्याई राखेका थिए । त्यहि समयमा सोही कक्षामा अध्ययनरत अर्चना कुमारी सिंह आएकी थिईन उनीलाई मैले कक्षाभित्र पस्न अनुमति दिएन । एकछिन पछि अर्चनाका श्रीमान राजेश सिंह विद्यालयको कार्यालयमा पसि आफुलाई गाली वेईज्जती गर्दै हातपातको समेत प्रयास गरेका थिए ।

त्यसै क्रममा विद्यालयमा आउनुभएका राजेशका दाई एवम गौशाला नगरपालिका वडा नंं ९ का सचिव उमाकान्त महतोले समेत आफुमाथि कडा रुपमा प्रस्तुत भएका थिए । दुवै दाजुभाईले अन्य शिक्षकहरुलाई समेत दुव्र्यवहार गरेका थिए । जसको कारण विद्यालयका शैक्षिक गतिविधी संचालन गर्ने वातावरण भाँडिएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार