Wednesday 24th of July 2024

नेकपा माओवादी केन्द्रले प्रदेश नं. २ का ४ जना प्रदेशसभा सदस्यलाई बर्खास्त ।।

0 Shares

महोत्तरी/ नेकपा माओवादी केन्द्रले प्रदेश नं. २ का ४ जना प्रदेशसभा सदस्यलाई बर्खास्त गरेको छ । पार्टीले सोधिएको २४ घण्टाभित्र स्पष्टीकरणको जवाफ नदिएको कारण प्रदेशसभा सदस्यहरु रामचन्द्र मण्डल, कुन्दनप्रसाद कुशवाहा, मोहम्मद समीर र ज्वाला साहलाई बर्खास्त गरिएको हो ।

 

उक्त प्रदेशसभा सदस्यहरुलाई नेकपा माओवादी केन्द्रले बर्खास्त गरेपछि चारैजनाको सांसद पद समेत गुमेको नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता भरतप्रसाद साहले बताउनुभयो । चारैजना सांसदलाई बर्खास्त गरेको पत्र नेकपा माओवादी केन्द्रले प्रदेश सभालाई समेत बुझाएकोले सम्भवत आज बस्ने प्रदेशसभा बैठकले सो बारेमा जानकारी गराउने नेता साहले जानकारी दिनुभयो ।

गत शुक्रवार काठमाण्डौमा बसेको पार्टीको केन्द्रिय समितीको बैठकले नेकपा एमालेमा लागेको भन्दै रामचन्द्र मण्डल, ज्वाला साह, कुन्दनप्रसाद कुशवाहा र मोहम्मद समीरसँग २४ घण्टाभित्र स्पष्टीकरण सोधेको थियो ।

प्रदेश २ मा नेकपा माओवादी केन्द्रका ११ जना सांसद रहेकोमा ४ जना बर्खास्तीमा परेपछि अब ७ जना सांसदमात्रै रहने भएका छन् ।

प्रतिक्रिया