Friday 19th of April 2024

सर्लाहीमा लागूऔषधसहित दुई जना प्रहरीको नियन्त्रणमा

0 Shares

सर्लाही – मधेश प्रदेशको सर्लाहीबाट प्रतिबन्धीत लागूऔषधसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाहीको हरिवन नगरपालिका ३ बस्ने ४२ वर्षीय रत्न मोक्तान र २८ वर्षीय दिपक श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

 

हरिवन ४ गणेशचौक स्थित पुर्व पश्चिम लोकमार्गमा लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बिरगंजको बिशेष सुचनाको आधारमा खटेको प्रहरी टोलीले पुर्वबाट पश्चिम तर्फ आउदै गरेको प्र २-०२-००४ प ९३८८ नम्बरको मोटरसाइकलमा सवार दुबैजनालाई लागूऔषध डाइलेक्स डिसी १०० एमएलको १ सय बोतलसहित पक्राउ गरिएको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रतिक्रिया