रौतहटको मेलामा २० हजार नक्कली नोटसहित ४ पसले प्रहरीको नियन्त्रणमा

रौतहट-  मधेश प्रदेशको रौतहटमा मेलामा सामान बेच्ने पसलेहरुलाई २० हजार नक्कली नोटसहित ४ जनालाई प्रहरीले पक्राउ गरिएको छ ।

 

नेपाली जाली रुपैयाँसहित रौतहट बौधीमाई नगरपालिका ३ जिउताही टोल बस्ने सन्तोष पटेललाई सोही स्थानमा नागपञ्चमीको दिन लागेको मेलाबाट पक्राउ परेको हो । प्रहरीका अनुसार उनलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा उनको साथबाट एक हजार दरको एकवटा जाली नेपाली नोट बरामद भएको थियो ।

 

अनुसनधानको क्रममा प्रहरीले मेलामा सामान बिक्री गरिरहेका बौधीमाई नगरपालिका ४ बस्ने देवनारायण दास ,फुल महम्द र नौसाद आलमलाई पनि १९ हजार नेपाली जाली नोटसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । पक्राउ परेका चारैजनालाई प्रहरी नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार