परराष्ट्रमन्त्री खड्का चीन भ्रमणमा जाँदै

काठमाण्डौ – परराष्ट्रमन्त्री डा. नारायण खड्का चीन भ्रमणमा जानु हुने भएको छ । परराष्ट्र मन्त्रालयले आज शुक्रवार सिंहदरबारमा आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा यही साउन २४ गतेदेखि २६ गतेसम्म मन्त्री खड्का नेतृत्वको नेपाली प्रतिनिधिमण्डलको चीन भ्रमण हुने जानकारी गराएको हो ।

 

चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूणर् निमन्त्रणमा परराष्ट्रमन्त्री खड्का नेतृत्वको नेपाली प्रतिनिधिमण्डलको चीन भ्रमणको मिति तय गरिएको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले बताउनुभयो । उहाँले भ्रमणमा दुई देशबीचको आपसी हितका विविध विषयमा छलफल हुने बताउनुभयो ।

 

परराष्ट्र मन्त्रालयले भ्रमणका एजेन्डाहरू पनि तय भइरहेको र भ्रमण सम्पन्न नभइ ती विषयहरू सार्वजनिक गर्न हतार हुने पनि जनाएको छ । प्रवक्ता लम्सालले मन्त्री खड्काको चीन भ्रमणका क्रममा दुई देशबीचको विविध विषयमा छलफल हुने र त्यसपछि मात्रै त्यसबारे जानकारी गराउन उपयुक्त हुने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार