मधेश प्रदेशमा सडकमै सांकेतिक विरोध प्रदर्शन,सारी,चुरा,लहठी र पेटिकोटलगायतका सामग्रीहरु फ्यालेर

जनकपुरधाममा दुई साताभन्दा बढी समयदेखि अन्सनमा बसेका चुरे संरक्षण तथा भूमिहीन सुकुम्बासीहरुले मधेश प्रदेश सरकारको विरोधमा प्रदर्शन गरेका छन् । जनकपुरधामको जनकचोकमा १७ दिनदेखि रिले अनसन बस्दै आएका सुकुम्बासी आन्दोलनकारीहरुले मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन गरेका हुन् ।

 

उनीहरुले मुख्यमन्त्री र मन्त्रीहरुलाई साडी, चुरा र लहठी दिने भन्दै उनीहरु मुख्यमन्त्री कार्यालयसम्म पुगेका थिए । सुरक्षाकर्मीले रोकेपछि अभियानीहरुले सडकमै सारी, चुरा, लहठी र पेटिकोटलगायतका सामग्रीहरु फ्यालेर सांकेतिक विरोध प्रदर्शन गरेका छन् ।

 

उनीहरुले सिरहाको मिर्चैयामा रहेको मारुती सिमेन्टले लिएको वनक्षेत्रको जग्गा फिर्ता हुनुपर्नेलगायत विभिन्न ५ बुँदे माग राख्दै आन्दोलन गर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार