Friday 19th of April 2024

गृहमन्त्री-चिनियाँ राजदूत भेट -नेपाल एक चीन नीतिको पक्षमा- खाण

0 Shares

काठमाण्डौ – गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले शिष्टाचार भेट गर्नुभएको छ । गृह मन्त्रालयमा आज शुक्रवार भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध थप सुदृढ बनाउनेबारे छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

 

भेटमा गृहमन्त्री खाणले नेपाल एक चीन नीतिको पक्षमा रहेको स्पष्ट पार्नुभएको छ । उहाँले नेपाल असंलग्न परराष्ट्र नीति र पञ्चशिलको सिद्धान्तमा अडिग रहेको पनि बताउनुभयो । अन्य छिमेकी देश र चीनको शान्ति नेपालको हितमा रहेको गृहमन्त्री खाणको भनाइ थियो ।

 

भेटमा राजदूत यान्छीले नेपालमा हुने विपद्को व्यवस्थापनमा चीन सहयोग गर्न तयार रहेको बताउनुभयो । सरकारले हिजो मात्रै प्रतिनिधि सभा र प्रदेश सभा चुनाव घोषणा गरेकोमा चीनले खुसी व्यक्त गरेको राजदूत यान्छीले जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया