महोत्तरी ः गौशाला नगरपालिका वडा नं. ११ कालिपुरमा शनिदेव महाराजको मन्दिरको प्राङ्गणमा भाकल गरेका पुरुष तथा महिलाद्वारा कलश स्थापना गरिएको छ । आज शनिदेव महाराजको मन्दिर स्थापनाको एक वर्ष पुरा भएको अवसरमा उनीहरुले मरहा नदीबाट नयाँ घडामा जल भरेर ल्याएका पूर्ण कलश मन्दिर परिसर सिञ्चित गरिएको हो ।
एकाविहानै छेउमै रहेको माण्डवी गंगाको तटमा पुगि उनीहरु पवित्र जलसहितको पूर्ण कलश शनिदेव मन्दिरको प्राङ्गणमा राखिएको छ । गतबर्ष भन्दा यसबर्ष कलश स्थापनामा वृद्धि भएको पुजारी मोहन महतोले बताए। शान्तपुर्ण तवरले विशाल कलशयात्रा सम्पन्न भएको छ । उक्त कलश यात्रामा नेपाल सहित छिमेकी राष्ट्र भारतको दिल्ली, पटना सहितका श्रद्धालुहरु कलश यात्रामा सहभागी भएका थिए ।
शनिदेव मन्दिरको प्राङणबाट शुरु भएको विशाल कलशयात्रा गौशाला बजारको नगरपरिक्रमा गर्दै पुनः शनिदेव मन्दिरमा कलश स्थापना गरिएको र सम्पूर्ण भत्तालुहरुलाई खिरको प्रसादी वितरण गरी रातभर शनिदेव महाराजको प्रवचन गरिने पुजारी महतोले बताए ।