0
Shares
सर्लाही – सर्लाहीको बलरा नगरपालिकामा शनिबार दिउँसो भएको आगलागीबाट ११ लाखभन्दा बढीको क्षति भएको छ ।
बलरा नगरपालिका–४ बलरागोठ बस्ने विकाउ सहनीको घरमा विद्युतको तार सर्ट भएर आगलागी हुँदा उनीसहित तीन जनाको घर तथा घरभित्रका सम्पूर्ण सामान जलेको प्रहरीले जनाएको छ ।
आगलागीले सहनीको घर तथा सबै सामान जल्दा ७ लाख, उनका छिमेकी जैन सहनीको घर जल्दा ३ लाख र अर्का छिमेकी श्यामकान्त झाको घर आशिंक रुपमा जल्दा १ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको सर्लाहीका प्रहरी प्रवक्ता मदन कुँवरले जानकारी दिए ।
स्थानीयवासी, प्रहरी र दमकलको सहयोगमा आगो निभाइएको प्रहरीले जनाएको छ ।