Monday 24th of June 2024

जनमत पार्टीको अध्यक्षमा सिके राउत

0 Shares

जनकपुर– जनमत पार्टीको अध्यक्षमा सिके राउत चयन हुनु भएको छ । पहिलोपटक भएको महाधिवेशनबाट राउत सर्वसम्मतले अध्यक्ष पदका लागि चयन हुनु भएको हो ।

शनिबार देखि सुरु भएको महाधिवेशनमा अध्यक्ष र महासचिवबाहेक अरू पदमा निर्वाचन भएको थियो। निर्वाचनको मतपरिणाम सोमबार बिहान आएको छ।

पत्यसैगरि उपाध्यक्षमा अब्दुल खान र बसन्त कुसहवा विजयी भएका छन्। महासचिवमा चन्दन सिंह निर्विरोध चयन भएका छन्।२५ सदस्यीय केन्द्रीय कार्यसमिति रहेको पार्टीमा २३ जना सदस्यका लागि निर्वाचन भएको थियो, जसमा ८ जना महिला छन् ।

प्रतिक्रिया