जनकपुरधाममा सुकुम्बासी बालबालिका सडकमा

जनकपुरधाम – मधेश प्रदेशको जनकपुरधाममा १९ दिनदेखि आन्दोलित रहेका सुकुम्वासीहरूले आ-आफ्ना बालबालिकालाई सडकमा उतार्दै बालबालिकाको भविष्यप्रति गम्भिर हुन ध्यानाकर्षण गराएका हुन् ।

 

सुकुम्बासी आन्दोलनकारी पुनम साहले बालबालिकाको भविष्य, शिक्षाको ग्यारेन्टी, गाँस, बास र कपाससहितको मौलिक अधिकारप्रति मधेश प्रदेश सरकार गम्भीर नभएको बताइन् ।

 

उनीहरु सिरहास्थित मारुती सिमेन्टले कब्जा गरेको वन बुटेनको जग्गा फिर्ता हुनुपर्नेलगायत विभिन्न ५ बुँदे माग राख्दै जनकपुरधाममा रिले अनसन गर्दै आएका छन् ।  टुडेपाटी

प्रतिक्रिया

सम्बन्धित समाचार