सरकारी कार्यालयमा प्रद्धत प्रणाली लागू गराउन माओवादी केन्द्रले बुझाए ज्ञापन पत्र

रामनारायण यादव, सप्तरी । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले सरकारी निकायहरुमा छिटो छरितो सेवा प्रद्धत प्रणाली लागू गराउन माग गरेको छ ।

सोमबार माओवादी केन्द्रका जिल्ला अध्यक्ष अशोक कुमार मण्डल ९अमर० सहितको टोलिले जिल्ला प्रशासन कार्यालय सप्तरीको प्रमुख जिल्ला अधिकारी फनिन्द्रमनि पोखरेललाई ज्ञापन पत्र बुझाउँदै प्रभाव कारी सेवा, विचौलियाहरुको अन्त, भ्रष्टाचार उन्मुलन, सरकारी कार्यालयहरुमा भएको खर्चको आयव्य सार्वजनकि सहित ९ वुदे माग गरेको छ ।

उनीहरुले जिल्ला प्रशासन कार्यालय, मालपोत, भूमिसुधार, नापीशाखा, आन्तिरिक राजश्व, लगायतका सरकारी अड्डाहरुमा भिडभाड नियन्त्रण गरी छिटो छरितो सेवा प्रद्धत प्रणाली लागू गराउने, उक्त अड्डाहरुमा विचौलिया र दलालहरुको प्रभावलाई नियन्त्रण गरी भ्रष्टाचार उन्मुलन गराउने, जनता तथा सेवाग्राही सँग सम्बन्धित निकायले सूचना प्रवावह गर्दा निकायका वेनती व्यक्तित्वबाट सभ्य भाषा–प्रयोग गर्न लगाउने, स्थानिय पालिाकहरुले गरेको बजेट विनियोजन, खर्च गर्ने विधि, खरिद विक्री लगायतका सम्पूर्ण कामकाजलाई कडाईका साथ सूचना प्रवाह गर्न लगाउने, कोभिडमा भएको खर्चको आय–व्यय प्रस्तुत गर्न लगाउने, स्थानिय पालिका लगायतका सेवा प्रवाह गर्ने निकायले आफ्नो वोवसाईड अवडेट राखन लगाउने, सिंचाई सँग आवद्ध कोशीचन्द्र पम्प नहर लगायतका निकायले किसानको माँग अनुसार पानी वितरण गर्न लगाउने, कोशी व्यारेज निर्माणको समयमा भारत सरकार सँग भएकोा पिडीत किसानलाई मुअव्जा दिने सम्झौता कार्यानवयन गर्न लगाउने, प्रमुख जिल्ला अधिकारीको मातहतमा सर्वपवक्षीय संवदलिय अनुगमन समिति गठन गरी मासिक रुपमा छडके प्रणाली अवलम्वन गरी निगरानी गर्न लगाउने जस्ता माग गरेको बुझाएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार