महोत्तरीको मनरासिस्वा नगरपालिकामा किशोरीलाई बर्षौदेखि यौनशोषण गर्दै आएको रहस्य खुलासा (भिडियो सहित)

महोत्तरी-  मनरा सिसवा नगरपालिकाका कर्मचारीले एक किशोरीलाई बर्षौदेखि यौनशोषण गर्दै आएको रहस्य खुलासा भएको छ । मनरा सिस्वा नगरपालिकामा कार्यरत सहायक लेखापाल बर्ष ३४ का दिपेन्द्र मोहन सिंहले स्थानिय एक किशोरीलाई बर्षौदेखि विभिन्न प्रलोभन देखाई यौन शोषण गर्र्दै आएका छन ।

युवतीका बुवा आमालाई मामा माईजुको नाता कायम गरेर घरभित्र छिर्ने र कोही नभएको मौका छोपी ती युवती उपर यौन शोषण गर्दै आएको रहस्य खुलासा भएको छ । पिडित १७ बर्षिया युवतीका अनुसार ती कर्मचारीले आफुलाई १४ बर्षको उमेरदेखि नै आफुलाई डरत्रास देखाई आफनो जालमा फसाएर अनैतिक क्रियाकलाप गर्दै आएका थिए ।

गत चैत्र ८ गतेका दिन घरमा कोही नभएको मौका छोपी दिपु सिंहले किताब लिने वहानामा घरभित्र पसि पिडितलाई दुस्कर्म गरी रहेकै अवस्थामा युवतीकी आमाले ती कर्मचारीलाई रंगेहात समातेका थिए । पिडिताको आमासँग सवै कुरा राखेपछि युवतीले न्यायको लागी जिल्ला प्रहरी कार्यालय महोत्तरीमा निवेदन दर्ता गराएका थिए । दर्ता गराए लगतै मनरा सिशवामा रहेको प्रहरी चौकीलाई समात्न निर्देशन दिए लगतै प्रहरीले दिपु सिंहलाई समाति जिल्ला प्रहरी कार्यालयमा जिम्मा लगाएका थिए । प्रहरीले कर्मचारी सिंहलाई समातेको भन्दै मनरा सिस्वा नगरपालिकाका नगरप्रमुख संजय सिंहले सई राम सापरीलाई समान प्याक गरि राख्नका लागि धम्की दिएका थिए । दिपेन्द्र सिंहलाई आवश्यक प्रमाण पुर्याएर समातेपनि सिंहलाई बचाउनका लागि हाल जनप्रतिनिधिहरुको दौडधुप व्यस्त रहेका छन ।

यता जिल्ला प्रहरी कार्यालयले भने घटनाबारे विस्तृत अनुसन्धान भई रहेको र घटनाको दोषी दिपेन्द्र सिंहमाथि प्रमाणहरु जुटेमा कारवाही हुने दावी गरेको छ । नगरपिताले नै प्रहरीलाई डरत्रास देखाउदा अपराध गर्नेको मनोबल बढने स्थानीयहरु बताउँछन । समाजले चुनावी प्रक्रियाबाट जनप्रतिनिधि बनायौ तर जनप्रतिनिधिहरु यस्ता अपराधिहरुलाई बचाउन सरयन्त्र रचेपछि समाजमा डरत्रासको माहौल सिर्जना भएको हो । यता पिडित परिवार आफुहरु अहिले असुरक्षित रहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार