पत्रकार महासंघ सर्लाहका अध्यक्ष क्षेत्रीले बाँडे बालबालिकालाई शैक्षिक सामग्री

हरिवन – नेपाल पत्रकार महासंघ सर्लाही शाखाका नवनिर्वाचित अध्यक्ष टंकबहादुर क्षेत्रीले सोमवार हरिवनमा रहेका दुई बालगृहका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेका छन् ।

हरिवन नगरपालिका–८, कै वासिन्दा क्षेत्रीले घुर्कौलीस्थित चेतना सन्देश नेपालले संचालन गरेको द्वन्द्व पीडित बाल गृह र सरभिस फरपिस नेपालले सुखेपोखरीमा संचालन गरेको बाल गृहमा शरण लिएर बसिरहेका अभिभावकविहिन बालबालिकालाई शैक्षिक सामग्री उपलब्ध गराएका हुन् ।

महासंघका अध्यक्ष क्षेत्रीले दुवै बाल गृहमा ४२ दर्जन कापी, कलम, पेन्सील, इरेजर, कर्टर, कर्लरलगायतका शैक्षिक सामग्री प्रदान गर्नुभएको महासंघको जिल्ला कार्य समितिका सदस्य घनश्याम बलम्पाकी मगरले जानकारी दिए । हस्तान्तरण कार्यक्रममा महासंघका काेषाध्यक्ष अच्युतकुमार सापकाेटा, प्रदेश परिषद सदस्य विद्यानन्द राय, सदस्य सञ्जु कर्ण, नेपाल प्रेस युनियनका अध्यक्ष कृष्णप्रसाद थपलिया लगायतकाे उपस्थिती रहेकाे थियाे ।

महासंघ अध्यक्ष क्षेत्रीले यसअघि शनिवार बिहान पद्म–भुवनेश्वरी नमूना वृद्धा सेवाश्रम जुटपानीका वृद्धवृद्धालाई भोजन गराएका थिए भने वृद्दाश्रमकाे आजिवन सदस्य समेत बनेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार