Friday 19th of April 2024

डिएनए टेस्टका लागि एउटी आमा जल्नु पर्ने : बालेन

0 Shares

काठमाडौँ / काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले न्याय माग गर्दै आमरण अनशनमा रहेकी निहारिका राजपूतलाई भेटेका छन् ।

आज टिचिङ अस्पताल पुगेर बालेनले निहारिकालाई भेटेका हुन् । भेटको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गर्दै बालेनले बच्चाको डीएनए टेस्ट गर्ने सामान्य माग पूरा नभएकोमा रोष प्रकट गरेका छन् ।

उनले लेखेका छन्, आफ्नो बच्चाको डिएनए टेस्ट गरिदे मात्रै त भनेको रैछ । यति गर्न एउटी आमाले जल्न तयार हुनु पर्ने ? यो अति हो । यो अत्याचार हो । कानुनी राज्य यस्तो हुँदैन । अभिभावक भनिने राज्य यस्तो हुनु हुँदैन ।’

प्रतिक्रिया