शिक्षक आन्दोलनको तेस्रो दिन : विद्यालयमा चकडाउन गरि पठनपाठन गराउँदै ।।

गौशाला/ पिडित शिक्षकको न्यायको माग गर्दै गौशाला नगरपालिकाका सामुदायिक विद्यालयका शिक्षकहरु आज चकडाउन गरि अध्ययन अध्यापन गराईरहेका छन ।

गत चैत २६ गर्ते वडा नंं ९ का वडासचिव उमाकान्त महतो र निजका भाई राजेशले त्रिभुवन माविका शिक्षक विनोद कुमार महतोलाई गाली वेईज्जती गर्दै हातपातको प्रयास गरेकोले सो को विरोधमा आज शिक्षकहरु चकडाउन गर्ने भएक्का छन ।

गौशाला नगरशिक्षक महासंघका अध्यक्ष नकुल उप्रेतीका अनुसार पूर्वनिर्धारित कार्यक्रम अन्र्तगत आज चकडाउन गरि विरोध प्रर्दशन गर्दैछन ।

स्थानिय सरोकारवाला निकायलाई समयमै घटनाको सम्बन्धमा जानकारी गराउदा समेत कुनै किसिमको चासो नदेखाएछि यहाँका शिक्षकहरु बाध्य भएर आन्दोलित हुन पुगेको अध्यक्ष उप्रेतीले बताउनुभयो ।

त्यस्तै शिक्षकहरु हिजो दिनभरि नै हातमा कालोपटिट बाँधी शैक्षिक क्रियाकलाप गरेका थिए ।

प्रतिक्रिया