Tuesday 28th of May 2024

नक्टाझिजमा चोरी, चोर समातियो

0 Shares

महेन्द्रनगर – धनुषाको मिथिला नगरपालिका वडा नं. २ नक्टाझिजमा गएराति ३ वटा घरमा चोरी भएको छ । चोरी गर्दै गर्दा स्थानीयहरुले एक जना चोरलाई समातेको छ । 

चोरले ३ जनाको घरमा घरको भित्ता काटेर (सईन) चोरी गरेको स्थानीयले बताएका छन् । चोरले विश्वकर्माचौक स्थित स्थानीय ओपेन्द्र महतो, बम राय र स्वास्थ्य चौक नजिक भगलु महतोको घरमा घरको भित्ता (सईन) काटेर चोरी गरेको छ ।

यता चोरी गर्दे गर्दा भगलु महतोको घरमा एक चोर समातिएको छ । चोरलाई राति नै ईलाका प्रहरी कार्यालय महेन्द्रनगरेको जिम्मा लगाएको स्थानीयहरुले बताएका छन् । यता ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले एक जना चोर समातिएको बताएपनि चोरको विषयमा अनुसन्धान भईरहेकोले नाम ठेगाना खोल्न चाहेका छैनन् ।

प्रतिक्रिया