गौशाला न.पा.का भानुभक्त बोर्डिङ्ग स्कुलले महिला शिक्षकहरुलाई खुवाए तिजको दर

गौशाला : महोत्तरीको गौशाला नगरपालिका वडा नं. १ स्थित रहेको भानुभक्त बोर्डिङ्ग स्कुलले कार्यरत महिला कर्मचारीहरुलाई तिजको दर खुवाएको छ ।
स्कुलका प्र.अ. श्याम सापकोटाले एक कार्यक्रमको आयोजना गरी कार्यरत ३५ जना महिला कर्मचारीहरुलाई उपहारस्वरुप साडि र विभिन्न प्रकारको परिकार खुवाई तिजको दर खुवाएको हो । कर्मचारी महिलाहरु “तीजको रहर आयो बरी लै” जस्ता अनेकौ तीजका गीतहरुमा नाचगान गरी कार्यक्रम सम्पन्न गरेको छ ।


कोरोनाको कारण पछिल्लो तीजमा सामुहिक भेला , भिडभाड गर्न रोक लागेको भए पनि यस वर्ष कुनै किसिमको रोक नभएकोले तीजको कार्यक्रमको आयोजना गरीएको प्र.अ. श्याम सापकोटाले बताए । विगतका तीजहरुमा महिलाहरुले महगो साडी तथा गरगहना पहिरन गर्ने चलन भए पनि स्कूलका महिलाहरुले तडकभडक नदेखिने गरी सामान्य किसिमको एकै किसिमको साडि पहरिनमा तीजको कार्यक्रम मनाएको छ ।


तीजलाई आत्मीयता र सौहार्दको पर्व मानिन्छ । तीजमा विवाह गरेर टाढा टाढा पुगेका चेलीहरु जम्मा भई साथीहरुसंग नाचगान गरी सौहार्द वातावरणमा तीज मनाउने गरीन्छ ।



 

प्रतिक्रिया

सम्बन्धित समाचार