0
Shares

रामनारायण यादव, सप्तरी । कुटपिट अंगभंग मुद्दाका फरार व्यक्ति पक्राउ परेका छन् ।
सप्तरी जिल्ला अदालतले कुटपिट तथा अंगभंग मुद्दामा जेल सजाय तोकेका तत्कालिन भुतही गा.वि.स. वडा नम्वर ९ (हाल डाक्नेशवरी नगरपालिका वडा नम्वर ४) का रामविलास यादवलाई पक्राउ गरेका हुन् ।
यादवलाई कुटपिट तथा अंगभंग मुद्दामा सप्तरी जिल्ला अदालतले २०६२ अषाढ १३ गते २ वर्ष कैद पाँच हजार जरिवाना हुने फैसला गरेको थियो ।
सोमबार विशेष सूचनाका आधारमा यादवलाई उनकै गाउँबाट प्रक्राउ गरिएको सप्तरीका प्रहरी प्रवक्ता माधव प्रसाद काफ्ले जानकारी दिए । यादवलाई सोमबार नै सप्तरी जिल्ला अदालतमा बुझाएई कैद भुक्तानको लागी कारागार चलान गरेको काफ्लेले बताए ।