भैंसीले घिसार्दा ७० वर्षीया बृद्धाको मृत्यु

रामनारायण यादव,सप्तरी । सप्तरीमा भैसीले घिसार्दा एक बृद्धाको मृत्यु भएको । जिल्लाको वलानबिहुल गाउँपालिका वडा नम्वर ३ महुवा बस्ने ७० वर्षिया जयावतिदेवी मण्डलको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।

सोमबार गाउँकै खेतमा भैंसी चराइरहेको बेला एक्कासी भैंसी उम्किन गइ भैंसीलाई लगाएको डोरी मण्डलको हातमा अल्झिएका थिए ।

डोरी हातमा अल्झिएपछि भैंसीले घिसार्दा मण्डलको टाउको, अनुहार र शरीरको विभिन्न भागमा चोट लागेको थियो । उनलाई उपचारका लागि स्थानिय मेकिडल चनही तर्फ लैजाने गर्दा उनको बाटोमै मृत्यु भएको सप्तरीका प्रहरी प्रवक्ता माधव प्रसाद काफ्लेले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार