गौशाला न.पा.मा आई.के.के.एफ.को नवौं राष्ट्रिय जिल्ला फुलकन्टयाक्ट कराँते छनौट प्रतियोगिता सम्पन्न

गौशाला : महोत्तरीको गौशाला न.पा.मा नवौं राष्ट्रिय जिल्ला फुलकन्टयाक्ट कराँते छनौट प्रतियोगिता निगौल मा.वि.को प्राङणमा सम्पन्न भएको छ । आज भएको आई.के.के.एफ फुलकन्टयाक्ट कराँते छनौट प्रतियोगिताको प्रमुख अतिथि गौशाला नगरपालिका वडा नं. २ का श्याम सुन्दर मंडल र महोत्तरी कराँतेका प्रशिक्षक दल बहादुर बुलनको अध्यक्षतामा रिविन काटि खेलको सुरुवात गरेका थिए । यस प्रतियोगिताको कोच प्रमोद चौधरीले गरेका थिए ।

यस प्रतियोगितामा २७ जनाले भागलिएका थिए जसमध्ये १२ जना छनौट भएको मधेश प्रदेशका अध्यक्ष संजीव चौधरीले बताए । छनौट हुनेहरुमा ४० के.जीमा चन्दन साह, सन्ध्या ठाकुर त्यसैगरी ४५ के.जी.मा रितीक चौधरी, सिमा विश्वकर्मा, ५० के.जीमा रोहित यादव, प्रिया कुमारी, ५५ के.जी.मा हसिम मंसुर, लक्ष्मी आले मगर, ६० के.जी.मा निशान्त ठाकुर, ६५ के.जीमा सुदिप कुमार चौधरी छ भने खुल्ला तौलमा शेष जाउल र ज्योती कुमारी ठाकुर छनौट भएको चौधरीले बताए ।


आज भएको प्रतियोगितामा महोत्तरी कराते प्रशिक्षक पे्रम चन्द्र यादव, फु.कराते कोच देबेन्द्र सहनी, फु.कराते कोच प्रदिप भुजेल, भु.पु. कार्यपालिका सदस्य श्याम सुन्दर साह, क्षेत्रिय ज.स.पा. सचीव मनोज ठाकुर, स्वास्थ्यकर्मी मनोज ठाकुर, शिक्षक हरीदेव चौधरी लगायत स्थानीय, बुद्धिजिवी, युवाहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार