
बर्दिवास – महोत्तरीको बर्दिवास नगरपालिका पूर्व पश्चिम राज मार्गमा अनियन्त्रीत भई गाडी पल्टीदाँ चार जना आर्मीका जवानहरु घाईते भएका छन ।
घाईतेहरु वुुद्धीमान राय, अकल थापा , संतोष विष्ट र चालक दशरथा थारु सहीत चारै जनाको बर्दिवास स्थित जनसेवा अस्पतालमा उपचार भईरहेको जिल्ला ट्राफिक प्रहरी कार्यलय महोत्तरीले जनाएको छ ।
धनुषाको धारापनि मालटोल स्थित रहेको श्री मध्य पूर्वि पृतना तालिम शिक्षाल्यमा रहेको आर्मिको वोलेरो भ्यान पूर्व वाट पश्चिम आउने क्रममा गाडीको टायर एक्कासी पक्रदा गाडी अनिन्त्रीत भई बर्दिवास १ स्थित जिल्ला ट्राफिक कार्यालय देखि १०० मिटर पूूर्व पुुल भन्दा करीव २० फिट तल पल्टेको थियो ।
घाईतेहरु मध्य दुुईजनाको अवस्था गम्भिर रहेको र थप उपचारका लागि काठमान्डौ लाने त्यारी भईरको महोत्तरी प्रहरीले जनाएका हुन । घाईतेहरुलाई स्थानिहरुले उद्धारगरी अस्पताल लगिएको स्थानिय संदेश कार्कीले बताए ।