बिष्णु यादब,रामगोपालपुर । महोत्तरीको रामगोपालपुर नगरपालिका स्थित गोठ बनौलीमा एक दिने अभिभाबक भेला सम्पन्न भएको छ । वडा नं ९ मा रहेको श्री बाल ज्ञान आधारभुत बिधालयको आयोजनामा तिन वटा प्रस्ताब सर्बसहमतीले पास गरी मंगलबार अभिभाबक भेला शान्तिपुर्बक सम्पन्न भएको बिधालयका प्रध्यानाध्यापक ठाकुर साहले जानकारी दिनुभयो ।
भेलामा स्थानिय अभिभाबक र शिक्षकहरुबिच बिधालयको समग्र बिकाश,शैक्षिक अबस्था,बिधालय संचालनमा भईरहेको कठिनाई,कमी कमजोरी,उपलब्धि लगाएतका बिषयमा गहन छलफल भएको प्रअ साहले बताए । स्थानिय बुद्धिजीबी एवम् राजनितीककर्मी राजकिशोर मण्डलको अध्यता र नगरप्रमुख अशोक मण्डलको प्रमुख अतिथ्यमा सञ्चालन भएको थियो । भेलामा स्थानिय भरभलादमी,राजनितीककर्मी,अभिभाबक,बिधार्थी,महिला लगाएतको उपस्थिती रहेको थियो ।
बिधालय ब्यबस्थापन समितीका भुपु अध्यक्ष,निबर्तमान अध्यक्ष लगाएत नपा शिक्षा शाखा प्रमुख देबनारायण सिंह,नपा शिक्षक महासंधको अध्यक्ष किशुनदेब महतो र समाज बिकास केन्द्र महोत्तरी जलेश्वरको अनवर परबेजको बिशेष उपस्थितीमा शैक्षिक गतीबिधी सुधार,एकबर्षे कार्य योजना निर्माण र नपाको निर्देश अनुसार अर्को बैठक बसेर बिधालय ब्यबस्थापन समिती गठन लगाएतका प्रस्ताब सर्बसहमतीले पारीत गरेको शिक्षा शाखा प्रमुख देबनारायण सिंहले जानकारी दिनुभयो ।
बिधालय समयमा स्थानियहरु स्कुल परीसरमा पस्नु,शौचालय प्रयाग गरेर फोहोर गर्न‘ु,पर्खाल भत्काउनु,गाई बस्तुहरु फिल्डमा चराउनु लगाएत दर्जनौ बिषयमाथी छलभएको हो ।