सन्दीपले क्यानलाई भने – म सीपीएल खेलेर फर्किन्छु, कानुनी उपचारमा सहयोग होस्

काठमाण्डौ – नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले आफूविरुद्ध जबरजस्ती करणीको आरोप लागेपछि नेपाली क्रिकेट सङ्घ (क्यान) सँग कानुनी उपचारमा सहयोग गरिदिन आग्रह गर्नुभएको छ

 

। उहाँले प्रहरीमा एक १७ वर्षीया किशोरीले आफूविरुद्ध जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा जाहेरी दिएपछि कानुनी उपचारका लागि सहयोग गरिदिन आग्रह गर्नुभएको हो । अहिले क्यारेबियन लिग क्रिकेटका लागि वेस्टइण्डिज पुगेका लामिछानेले क्यानसँगको फोन वार्तामा आफूले जबरजस्ती करणी नगरेको दाबी गर्दै कानुनी उपचारका लागि सहयोग गरिदिन आग्रह गरेका क्यानका सचिव प्रशान्त मल्लले बताउनु भयो । उहाँले क्रिकेटर लामिछानेसँग कुरा भइसकेको रे प्रिमियर लिगका खेल सकिएपछि स्वदेश फर्किने बताएको पनि जानकारी दिनुभयो ।

 

फोनवार्तामा क्रिकेटर लामिछानेले कानुनी उपचारमा प्रोफाइलिस्ट वकिल खोजिदिन आग्रह गरेको बताउनु भयो । उहाँले यसबारेमा आईसीसीले पनि चासो दिएको उल्लेख गर्दै आईसीसीलाई पनि यसबारेमा जानकारी गराएको र आईसीसी यस विषयलाई लिएर गम्भीर रहेको बताउनु भयो । उहाँले नेपाल प्रहरीले क्रिकेटरले जबरजस्ती करणी गरेको बारेमा क्यानसँग कुनै सहयोग अहिलेसम्म नमागेको उल्लेख गर्दै यदि गलत काम गरेको खण्डमा क्यानले गलत कामको समर्थन नगर्ने बताउनु भयो ।

 

उहाँले भन्नुभयो, ‘हिजो राति क्यानले नै सम्पर्क गर्यो । मैले नै सम्पर्क गरेँ । रेप केसमा एकजना युवतीले जाहेरी दिएको छ, तिमीलाई थाहा छ भन्दा मैले थाहा पाएको छु भने । यसमा तिम्रो भनाइ के हो भन्दा मेरो त्यसमा कुनै संलग्नता छैन भन्ने कुरा भयो । क्यानले सहयोग गर्नुपयो । कानुनी उपचारमा प्रोफाइलिस्ट लयर हायर गर्नुपर्छ भनेका छन् । म सीपीएल म्याच सकेर फर्किन्छु भनेका छन् ।

 

टिमले थाहा पाएको छ तर खेल्नलाई समस्या छैन भनेका छन् । प्रहरीले हामीसँग सहयोग मागेको छैन । आईसीसीले चासो राखेको छ, मैले सबै ब्रिफ गरिसकेको छु । आईसीसीले के हुनसक्छ भने । मैले केस लागेपछि त्यहीअनुसार कानुनअनुसार दर्ता हुन्छ भन्यौँ । यसमा आईसीसी गम्भीर बनेको छ । मुद्दा परेको छ, पुलिसले आफ्नो अनुसन्धान गरिरहेको छ ।’

 

क्यानको तर्फबाट सचिव मल्लले क्रिकेटर लामिछानेलाई बुधवार राति घटनाको बारेमा जानकारी लिनुभएको थियो । जसमा क्रिकेटरले यस घटनामा आफ्नो कुनै संलग्नता नरहेको उल्लेख गरेका क्यानले जनाएको छ । एक १७ वर्षीया युवतीले आफूलाई क्रिकेटरले जबरजस्ती करणी गरेको भन्दै मङ्गलवार बलात्कारको उजुरी दर्ता गरेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार