‘माइतीघर मण्डलामा प्रदर्शन गर्न पाइँदैन रे…’ (भिडियो)

काठमाडौं / मिटरब्याजीवरुद्ध पीडितहरू ४० दिनसम्म काठमाडौंको माइतीघर मण्डलामा धर्ना दिइसकेका थिए। ४१औं दिनका लागि उनीहरू सोमबार बिहानै खाना खाएर कीर्तिपुरतिरबाट माइतीघरतर्फ लाग्ने सुरमा थिए। तर, प्रहरी टोली आएर बसेको स्थानमा घेरा हालेका थिए।

पीडितहरू प्रहरीले रोक्न लाग्दा सरकारविरुद्ध नारा जुलुस गर्दै माइतीघरतिर आउने प्रयास गरे। तर कीर्तिपुर बजारबाटै प्रहरीले पीडितलाई लखेट्न थाले। उनीहरूमाथि लाठी चार्ज गरे। मिटरब्याजी पीडितहरू जबरजस्ती गर्न खोज्दा प्रहरीले पक्राउ गरेर महानगरीय प्रहरी बृत्त कीर्तिपुरमा ल्याए।

मिटरब्याजीले दृष्टिबन्ध गरेको सबै जग्गा फुकुवा हुनुपर्ने, झुक्याएर पास गराएको जग्गा पीडितको नाममा फर्काउनु पर्ने, जाली तमसुक सबै च्यात्नुपर्ने, हिसाबभन्दा बढी लिएको पैसा फिर्ता गर्नुपर्ने र मिटरब्याजीलाई पक्रेर जेल हाल्नुपर्ने मागसहित प्रदर्शन गरिरहेका छन्। आफूहरुको माग पूरा नभएसम्म घर नफर्किने उनीहरुले बताएका छन्। भीआईपीको भ्रमण रहेको भन्दै प्रहरीले माइतीघर मण्डलामा तीन दिन प्रदर्शन गर्न नपाउने माइकिङ गरिरहेका थिए।

भिडियो हेर्नुस्:

 

प्रतिक्रिया

सम्बन्धित समाचार